Skip to content
Pokharapress Logo
१० श्रावण २०८३, आईतवार

कोशी प्रदेशमा पार्टीबाट गम्भीर भुल भयो: प्रधानमन्त्री प्रचण्ड

loading views..
Nepal Telcome

पोखरा। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा पार्टीले गल्ती गरेको बताएका छन ।

बुधबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले नामकरणको विषयमा पार्टीका जिम्मेवार नेताहरुबाट निर्णय प्रक्रियामा गल्ती भएको बताएका छन ।नेता गिरिराजमणि पोखरेलले यस विषयमा पार्टीले छानबिन गरेर प्रतिवेदन तयार गर्नेगरी बैठकमा छलफल भएको जानकारी दिएका छन । बैठकपछि पोखरेलले भने ‘कोशी प्रदेशमा नेता साथीहरुले गल्ती गर्नुभयो भन्ने कुरा अध्यक्षबाट आएको छ ।

यसबारेमा के गएको हो भन्नेबारे छानबिन गरे प्रतिवेदन तयार गर्न समिति बनाउने भन्ने भएको छ । ’ कोशी प्रदेश नामकरणको विरोधमा सो प्रदेशमा निरन्तर आन्दोलन हुँदै आएको छ ।

माओवादीले समेत पहिचान पक्षधरहरुको विरोधका बीच कोशीमा समर्थन जनाएको थियो । यद्यपि पार्टी प्रदेश कमिटिले यतिबेला भने दोहोरो नीति लिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link