Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

बुद्धिजीवी संगठनमा बुद्धिसागर घिमिरे !

loading views..
Nepal Telcome

पोखरा। नेपाल बुद्धिजीवी संगठनको पोखरा महानगर कमिटीको शनिबार भएको पहिलो सम्मेलनले बुद्धिसागर घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटी चुनेको छ । ३७ सदस्यीय कमिटीको सचिवमा माधव सुवेदी छन् ।

पोखरा महानगरका बुद्धिजीवी संगठन इन्चार्ज ईश्वरीप्रसाद लम्सालको संयोजकत्वमा लोकराज भण्डारी र वेदनाथ भण्डारी सदस्य रहेको निर्वाचन कमिटीले नयाँ समिति चयनका लागि सहजीकरण गरेको थियो ।

सम्मेलनमा संगठनका पूर्व केन्द्रीय अध्यक्ष कोमलनाथ बरालले बुद्धिजीवी संगठन निर्माण र यो संगठनको दायित्वमाथि प्रकाश पारे । वाम बुद्धिजीवी रामराज रेग्मीले अहिलेको युगका चुनौती चिर्दै समाजवादको लक्ष्यसम्म पुग्न बुद्धिजीवी वर्गबाट अहं भूमिका अपेक्षा गरिएको जनाए । बुद्धिजीवी संगठन कास्की संयोजक डिल्लीप्रसाद ढुंगानाले मालेमावादमा विश्वास गर्नेहरुको संगठन भएकाले सोही अनुसारका गतिविधि गर्न आग्रह गरे ।

कार्यक्रममा पूर्वमन्त्री रामजीप्रसाद बराल, माओवादी नेता दीपक कोइराला, संविधानसभा सदस्य तेजकुमारी पौडेल, केन्द्रीय सदस्य सोमती तमु, बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य एवं प्रदेश संयोजक दुर्गादत्त भण्डारी, माओवादी कास्की संयोजक केशव पौडेल, पोखरा महानगर सचिव जनकराज पराजुली लगायतले बोलेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link