Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

नागरिक उन्मुक्ति पार्टीले कडा रुपमा नेपाल बन्द गर्ने

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैद गर्ने फैसला सदर गरेसँगै नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको आदेशअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति निकालेर लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् । अन्यथा जेठ ६ देखि १० सम्म नेपाल बन्द गर्ने चेतावनी दिइएको छ ।टीकापुर घटनालाई राजनीति घटनाको रुप लिइनुपर्ने र सोहीअनुसार समाधान खोजिनुपर्ने नागरिक उन्मुक्ति पार्टीले माग गरेको छ ।  

‘यदि रेशमलाल चौधरी लगायतका राजवन्दी हत्यारा हुन् भने फासिदिने ऐन बनाएर रेशमलाल चौधरीलाई फासि दिए हुन्छ । यदि लाल आयोग प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन । हामी आन्दोलन गर्न विवस हुने छौं । जेष्ठ ३,४,५ गते देशव्यापी राँके जुलुश प्रदर्शन कोण सभा र जेष्ठ ६ गते देखि १० सम्म “नेपालबन्द” गर्ने घोषणा यसै प्रेस विज्ञप्तीबाट जानकारी गराइन्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link