भ्रष्टचारीको दोहोलो काढ्दै प्रचण्ड

भ्रष्टचारीको दोहोलो काढ्दै प्रचण्ड

पोखरा। मानिसहरु यस्तो ठान्छन कि यो देश आफै चल्दैन । यो ती उडन्ते र घुमन्तेहरुको तर्क हो । जो हातमा साक्षर भएको प्रमाणपत्र बोकेर वावुको अंशले जन्मजात सम्पन्न रहेर आजका दिनमा यो व्यवस्थाले खोसिएको आफ्नो चैन सम्झिएर भक्कानिएका छन । तिनीहरु सामाजिक संञ्जालमा नेतृत्व प्रति निरन्तर अविस्वास फैलाइ रहेका छन । अविस्वासको डढेलो यति उच्च छ कि मानिसहरु यही पत्याउछन । चितवनमा एक युवाले बबरी आँशु झारेर मर्नु अगाडि वनाएको भिडियोमा पोलिएको पात्र रातारात नायक वन्छ । नेपालको नागरिकता नीच देखेर त्याग गरेको एक मनुवाको कोकोहोलोले जनजनको मन जित्छ र राष्ट्रबादको हिमायती बन्छ । यिनै फुर्सदिला हनुमानहरुले फेरि कथा कथेका छन । पुर्व उपप्रधानमन्त्री र गृहमन्त्री  हिरासतमा जानु नाटक  देखेका छन । यी ह्याउ नभएका म्याउहरुले हल्लै हल्लामा अहिलेको अनुसन्धान अमेरिकाले गरेको मान्छन । जुन सफेद झुट हो भन्ने थाह पाउँदा पाउँदै पारस सरकारलाई महाराज वनाइपाऊ भनेर भाकल गरेको एक लिम्वुको छोरोले समेत यही पत्याएको छ । जुन राज्यको अपराध अनुसन्धान क्षमता प्रतिको चरम अविस्वास समेत हो ।

प्रचण्ड यसै पनि नायक हुन । यो  र अहिले मौजुदा रहेको व्यवस्थाका परिकल्पनाकार । वास्तविक राष्ट्रपिता । उनी हलुको राजनीति गर्दैनन् । यसलाई कनिकनि भन्नु पर्दैन , २०४७ साल ताका मनमोहनको जत्तिको भार यिनको पनि थियो । उनले चाहेको भए एक दुई थान मन्त्री खान एकताको नाटक गरेको भए ओलीको हाकीम भएर खान उनको क्षमतालाई कसैले रोक्न सक्दैनथ्यो , उनले खाएनन। उनले भने देश देश जस्तो बनउनु पर्दछ । जनता रैतिको पदवीवाट मुक्त हुनुु पर्दछ । उनको मस्तिस्कमा उव्जिएको एक भ्रुणले  २०६३मा नयाँ व्यवस्था जन्मायो । राजाको थप रगत बगोस भन्ने आकाँक्षालाई निषेध गरेर गणतन्त्र जन्मियो । आरोह अवरोह छिचोल्दै प्रचण्ड आज पनि उसरी नै खडा छन । उस्तै तेज्वस्वी  केही गर्ने हुटहुटी र काममा लागीरहने हतारो ।

अजिव परीस्थीती निमार्ण गर्नु उनको विशेषता हो । जसरी अहिले बनेको छ । सत्तामा काग्रेस छ , काग्रेसका संभावित सभापति एवम पुर्व गृहमन्त्री  प्रहरीको हिरासतमा छन । तर आफ्नो दाहिने हात काटिएका शेर वहादुरले भनेका छन अनुसन्धानलाई सहयोग गर्नु पर्दछ । पुर्व उपप्रधानमन्त्री दर्जन दिनको लुुकाछिपी पछि प्रहरीकै हिरासतमा आइपुगेका छन ।उनी संलग्न दलका युवाहरुले सडकमा उभिएर भनेका छन कि दोषी जेल जावस । समयको सुइ काँग्रेस सभापतिको दैलो तिर घुमीरहँदा शेर वहादुर सुनिने गरी अनुसन्धान रोक भन्न सत्तैनन । यही त प्रचण्डको तरिका हो । सवैलाई एकै हतियारले स्तव्ध वनाइदिने ।

त्यसो त सामाजिक संन्जालमा वेत वसेका उरेण्ठेउलाहरुको ज्योतिषशास्त्र जमेकै छ ।तिनलाई भर्खर तिन पात हालको दलले मलजल गर्दछ ।  छटनी र कटनी गर्नेहरु प्रतिपक्षी बकेर्नाहरु छन। तिनलाई कहिले प्रचण्डको सिउरमा तारो लगाउने लहड चल्छ कहिले बा को भजन गाएर सामाजिक संन्जाल बिहार गर्ने लालसा उभिन्छ । तर जतिनै उखरमाउलो गरे पनि तिनको ताउलोमा टोप बहादुर र रामवहादुरहरु छन । जस्को संतापले तिनमा संन्चारीत हुने लज्जाबोध केले छोप्ने हो तिनिहरु तरीका खोज्दै छन ।

प्रचण्डले छोरा प्रकाशको शोकमा भनेका थिए अव सवै युवाहरु  मेरा छोरा प्रकाशहुन । यो वियोगको वकपत्र मात्र थिएन प्रतिवद्धताको हिमाल पनि थियो । शोषण उत्पीडन र हेयवाट मुक्त गर्ने प्रतिवद्धता, गरीवी र पछौटेपन समाप्त गर्ने प्रतिवद्धता । यस्को लागी विधिका सम्पुर्ण हिस्साहरु व्यहोरेर प्रचण्ड आज पनि उसरी नै खडा छन ।

मानिसहरु भन्छन गृह नलिएको भए , यो उच्चटलाग्दो वहस उनले सुनेका छन । यो जन्दाजान्दै उनले गृह मन्त्रालय आफैसँग राखे । यो संग एक धोको छ , अपराधको गर्धन समाउने। समाउँदै जाँदा वालकोट , वुढानिलकण्ठ र वालुवाटार सम्मै पुग्ने ।  जिते नेतृत्व गर्ने र हारे जेल जाने । अहिले हिरासत पठाइएकाहरु वौरीएर आए भने स्वभाविक छ प्रचण्ड विनाकुनै कारण गोन्जालो दुई हुनेछन । थाह छ यो कदमले न काग्रेस खुस छ न एमाले । तर पनि यो कदम नरोक्नेमा प्रचण्ड दृढ छन । यसो गर्नु भनेको काग्रेस एमालेलाई मिलनको निम्तो दिनु हो । यो निम्तोले सत्ताबाट बाहिर  पुऱ्याउँछ भन्ने थाह हुँदाहुँदै पनि प्रचण्ड भन्छन अहिले नगरी हुँदैन । कसै न कसैले त शुरु गर्न पऱ्य‍ो नि । यसर्थ यो भन्न सकिन्छ प्रचण्ड भीमदत्त बनिएला भनेर डराएका छैनन् ।

सामाजिक समिकरणमा जे विद्रोही चेत  छ ,त्यो प्रचण्ड राजनितीको सवैभन्दा सफल पाटो हो । प्रचण्डको रक्षा यही चेतले गर्छ । उनी आफ्नो राजनीति अरुको चुलोमा पस्किन खप्पिस छन । शेर वहादुरको आँगनमा काग्रेसकै नेता प्रचण्डको पक्षमा वहस गर्छन । कम संख्या नै सही एमाले भित्र पनि प्रचण्ड उभिएकै छन । प्रचण्ड शक्तिको एक हिस्सा श्रोत यहीबाट उत्पादन हुन्छ जो उनले मात्र उपभोग गर्न जान्दछन् ।

त्यसो त मदन भण्डारीले भनेका थिए । दुनियाँमा पुँजिवादी स्यालहरुको कुनै कमि छैन । स्यालहरु कराइरहन्छन । स्याल कराइरहन्छ, हात्ति हिडिरहन्छ । प्रचण्ड हिडुन भन्ने रहर आम छ । शिर तानेर उनी हिड्दा भ्रष्टचार रोकिन्छ । सामाजिक संन्जालमा वाघ आयो वाघ आयो भन्नेहरु साँच्चिकै वाघको वथानमा पुगे भने वोल्नै नसक्ने हुनेछन । लडाकु शिविर भन्ने हाउगुजी वुर्जुवा वजारका खेतालाहरुको परिकल्पना हो । सत्य तथ्य खोज्नुपर्छ खोजिने छ । अहिले हातमा रहेको मुद्धा नै प्राथमिक कुरा हो विषयान्तर ले हातको पनि गुम्न सक्छ । फाइलहरु विस्तारै खोल कमल थापाको  आन्दोलन दमनमा जथाभावी वाँढेको रकम देखि यति ओम्नी ,लाउडा वतास वाइडवडी र ३३ किलो सुनसम्म । जनतालाई जानकारी नै नभएका काण्डहरु प्रधानमन्त्रीको शिरानी मुनि होलान । तिनलाई उधिन । प्रचण्ड व्यवस्था परीवर्तनका निर्विकल्प नायक थिए अवस्था परिवर्तनका पनि निर्वीकल्प नायक वन । पुँजीवाद प्रचण्डलाई भौतिक र नैतिकरुपले सकउन अनेकन चलखेलमा छ । थाह छ जन्मेपछि मरिन्छ । प्रचण्ड कहिल्यै नमर्ने भ्रष्टचार विरोधी आन्दोलनका श्रोत वन्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.