Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गाेरखा नगरपालिकाले ल्यायो झण्डै १ अर्ब ३२ लाख बजेट

loading views..
Nepal Telcome

गाेरखा । गाेरखा नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित १ अर्ब ३२ लाख ६५ हजारकाे बजेट ल्याएको छ ।आइतबार भएको बाह्रै नगरसभामा नगरप्रमुख कृष्ण बहादुर रानाले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित अनुमानित १ अर्ब ३२ लाख ६५ हजारकाे बजेट प्रस्तुत गरेका हुन् ।

शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, पर्यटन, स्वरोजगार लगायतलाई समेटेर नीति तथा कार्यक्रम मेयर रानाले प्रस्तुत गरेका हुन् ।बजेट भने नीति तथा कार्यक्रम अनुसार नगरसभामा छलफल गरी चालु तथा पुँजीगत गरी विनियोजन गरी पास गरिने मेयर रानाकाे भनाइ छ ।

बजेटको स्रोत संघीय सरकारको सशर्त अनुदान ३८ करोड ७९ लाख, राजश्व बाँडफाटअन्तर्गत १३ करोड १२ लाख ६८ हजार र समान्यीकरण अनुदान २१ करोड २२ लाख रहेको छ भने प्रदेश सरकारको ४ करोड २४ लाख अन्ठाउन्न हजार र पालिकाको आन्तरिक स्रोतबाट ५ करोड ७६ लाख रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुनले जानकारी दिए ।मेयर रानाकाे अध्यक्षतामा नगर सभाको उद्घाटन सत्र सम्पन्न भएको हो ।कार्यक्रममा उपप्रमुख मसली माया थाेकर सहित जनप्रतिनिधि, कर्मचारी, र पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link