Skip to content
Pokharapress Logo
२१ मंसिर २०८२, आईतवार

यति ओम्नीमा गरिएको आर्थिक अनियमितताको फायल खोल्ने भएपछि एमालेमा छटपटी

loading views..

काठमाण्डु। नेकपा (माओवादी केन्द्र) का नेता एवम् प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ (लालध्वज)ले सरकारले यति,ओम्नी, वाइडबडी लगायतका भ्रष्टचारको फायल खोल्ने भएपछि प्रतिपक्षी दलका सांसदहरूले राजिनामा मागेको बताएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहले आफुलाई प्रधानमन्त्री बनाउन भारत गएको भन्ने अभिव्यक्तिलाई लिएर प्रतिपक्ष दलले सांसद अबरुद्ध गरेर प्रधानमन्त्रीको राजिनामा मागेपछि सांसद दोङले कुनै मिडियाले लेखेकै कुरालाई विश्वास मानेर सदन अबरुद्ध गर्नु गलत भएको बताएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ‘ एमालेको नेतृत्वमा सरकार हुदा दैनिक जस्तो भ्रष्टचारको काण्डहरु आउथ्यो तर प्रचण्ड नेतृत्वको सरकारले दैनिक भ्रष्टचारमा संलग्न व्यक्तिहरु समातिरहेका छन्, ती अधिकांश एमालेका नेता कार्यकर्ताहरु छन्, त्यसैले भ्रष्टचार विरुद्धको अभियानलाई मोड्न एमालेले प्रधानमन्त्रीको राजिनामा मागिरहेका छन् ।साथै सरकारले तत्कालै मिटरव्याजीहरुलाई कारबाही गर्ने ऐन ल्याउन खोजेको यसमा पनि एमालेकै नेताहरू धेरै तानिने भएपछि बेस्सरी आँतेको र यसप्रति सम्पूर्ण नेपाली जनता सचेत हुनुपर्ने सांसद दोङले बताए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्