अबबाट माओबादीले टिके प्रथाको अन्त्य गर्ने!

अबबाट माओबादीले टिके प्रथाको अन्त्य गर्ने!

पोखरा। प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले अव पार्टीमा सबै तहमा नेतृत्व र समिति प्रतिष्पर्धाबाट चयन गर्ने भएको छ । काठमाडौँमा जारी केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टीमा नेतृत्व र समिति चयन प्रतिष्पर्धाबाट हुने बताएका हुन् ।
‘अब पार्टीको पदाधिकारीदेखि केन्द्रीय समिति र सवै समिति आन्तरिक निर्वाचन पद्दतीबाट चयन हुन्छ । अब प्रतिस्पर्धाबाट डराउन कोही पनि हुन्न । त्यसको प्रक्रिया विधान सम्मेलन र विशेष महाधिवेशनबाटै सुरु हुन्छ,’ अध्यक्ष प्रचण्डले भने ।
उनले अब जनतातिर र कार्यकर्तातिर फर्किने नेता नेता हुने र नेतातिर फर्किनेहरू प्रतिष्पर्धामा पराजित हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.