Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

जनजनमा माओवादी अभियान निरन्तर हुनुपर्छ:झलकपाणि तिवारी

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। रुपा गाउँपालिका जनजनमा माओवादी घर घरमा माओवादी बिशेष रुपान्तरणकाे समापन समारोहमा बाेल्ने बक्ताहरुले जनताको घरमा निरन्तर जानुपर्ने कुरामा जोड दिए। केन्द्रीय लेखा समिति सदस्य झलकपाणी तिवारी बिगतमा भन्दा नेता पनि रुपान्तरण भएको बताउँदै निरन्तर जनताकाे घरमा जानुपर्ने बताएका छन् ।

उनले अहिलेकाे अभियानले जनतासँगै पुरै नजाेडिएकाे तर कार्यकर्तासँग जाेडिएकाे बताए । पछिल्लो समयमा संस्थागत रुपान्तरणमा रहेको, अहिलेसम्म जनतासँग छुटेको अभियानले जाेडिने काम भएको जानकारी दिए । उनले जनतासँग निरन्तर जाेडिनुपर्ने बताए ।केन्द्रीय सल्लाहकार कृष्णबहादुर गुरुङ पहिला जस्तै पार्टी बनाउनकाे लागि अभियान सञ्चालन भएको बताए ।प्रदेश सचिवालय सदस्य विश्व प्रकाश लामिछाने अभियानकाे मुख्य उदेश्य जनताकाे घरमा नेता जाने याेजना रहेको बताए । अभियान समाजवादी क्रान्ति तिर उन्मुख भएको बताए । सोही कार्यक्रममा रुपा गाउँपालिका अध्यक्ष राजकुमार घिमिरेले यो अभियान सकरात्मक भएको बताउँदै यस्तै अभियान निरन्तर संञ्चालन गर्नुपर्ने धारण राखे ।

कार्यक्रममा रामचन्द्र खनाल, सन्तबहादुर भुजेल, यसबहादुर गुरुङ, सत्यराज सुवेदी लगायतले मनतब्य राखेका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link