Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

ग्लोबल आईएमई बैंकको १७औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

loading views..
Nepal Telcome

माघ १,पोखरा। ग्लोबल आईएमई बैंक लिमिटेडले १७औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य शिवर सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोसी प्रदेशमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
बैंकले शनिबार इलाम जिल्ला इलाम नगरपालिका वडा नं. ४ स्थित मलाटे आधारभूत स्वास्थ्य चौकीमा सञ्चालन गरेको शिविरमा १६० भन्दा बढी महिलाहरूले स्वास्थ्य चेकजाँच सेवा लिएका थिए ।
नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराएको हो ।
प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरेको छ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गर्ने छ ।
यससंगै ग्लोबल आईएमई बैंक लिमिटेडले १७औँ वार्षिकत्सवको अवसरमा सबै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी एक हजार २५० भन्दा बढी महिलाको स्वास्थ्य चेकजाँच सेवा उपलब्ध गराएको हो ।
ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित एकहजार १०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link