Skip to content
Pokharapress Logo
२८ आश्विन २०८३, बुधबार

कास्की नेकपाको इन्चार्जमा रामजी प्रसाद बराल ‘जीवन’,

केन्द्रका निर्णयबारे देवेन्द्र पौडेलद्वारा ब्रिफिङ

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा,२८ असोज ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीको इन्चार्जको जिम्मेवारी पुनः रामजी प्रसाद बराल ‘जीवन’ले पाउनुभएको छ। यससँगै बराल तेस्रो पटक कास्की जिल्ला इन्चार्ज बन्नुभएको हो। यसअघिका इन्चार्ज नेत्र अधिकारीले घरायसी तथा पारिवारिक उपचारका कारण समय दिन नसक्ने भन्दै लिखित बिदा मागेपछि प्रदेश कार्यालयको बैठकले बराललाई जिम्मेवारी सुम्पिने निर्णय गरेको हो।

कास्कीमा आयोजित अनौपचारिक छलफल तथा भेटघाट कार्यक्रममा नेकपा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेल ‘सुनील’ले केन्द्रमा हालै सम्पन्न संयोजन समितिको बैठक तथा समसामयिक राजनीतिक घटनाक्रमबारे नेता–कार्यकर्तालाई जानकारी गराउनुभयो। कार्यक्रममा पार्टीका प्रदेश तथा जिल्ला तहका पदाधिकारी, पालिका संयोजक, सहसंयोजक तथा इन्चार्जहरूको उपस्थिति रहेको थियो।

नेता पौडेलले देशको पछिल्लो राजनीतिक परिस्थिति, सरकारको कार्यशैली, सुशासनको अभाव तथा विपद् व्यवस्थापनमा सरकारको फितलो उपस्थितिबारे समीक्षा प्रस्तुत गर्नुभएको थियो। उहाँले बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिमा पार्टी पंक्ति र जनवर्गीय संगठनहरू उद्धार तथा राहतमा सक्रिय रूपमा खटिए पनि सरकार जनअपेक्षा अनुसार प्रस्तुत हुन नसकेको टिप्पणी गर्नुभयो।

यसैगरी, पार्टीको संगठनात्मक सुदृढीकरणका लागि केन्द्रले तय गरेको कार्यतालिकाबारे प्रस्ट पार्दै पौडेलले आगामी पुस ११ गते देशभर एकैसाथ वडा अधिवेशन र माघ १५ गते पालिका अधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी दिनुभयो। पालिका अधिवेशनलगत्तै पार्टी स्थानीय तहको निर्वाचन तथा त्यसपछिको महाधिवेशनको तयारीमा केन्द्रित हुने उहाँको भनाइ थियो। त्यसका लागि पार्टी सदस्यता नवीकरणलाई दुई महिनाभित्र तीव्र गतिमा अगाडि बढाउने र प्रदेशभर अभियानकै रूपमा लैजाने गरी शीर्ष नेतृत्व तहमा छलफल भएको उहाँले बताउनुभयो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link