Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

खड्ग ओलीलाई नेकपाले साधरण सदस्य समेत नरहने गरी कार्बाही गऱ्यो

loading views..

काठमाडौं। काम चलाउ प्रधानमन्त्री खड्ग ओलीलाई नेकपाको साधारण सदस्यबाट समेत हटाइएको छ ।

आज बसेको नेकपा बहुमत स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष ओलीलाई साधारण सदस्यबाट हटाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

संसद् विघटनपछि प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाएको थियो । त्यसपछि साधारण सदस्यबाट किन नहटाउने भन्दै ओलीलाई तीन दिने स्पष्टिकरण सोधिएको थिए । स्पष्टिकरण नदिएपछि उक्त समूहले ओलीलाई नेकपाको साधारण सदस्यबाट समेत हटाएको हो ।

बैठकले माघ ९ गते संसद् विघटनविरुद्ध भएको प्रदर्शन सफलता पूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

भोलि सोमबार संसद् विघटनविरुद्ध आन्दोलनकाथप कार्यक्रम घोषणा गरिने प्रवक्ता श्रेष्ठले बताए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्