Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

फागुन २१ को निर्वाचन तयारी तीव्र: उपत्यका बाहेक सबै जिल्लाको मतपत्र छापियो

loading views..
Nepal Telcome

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ सम्पन्न भइसकेको छ भने काठमाडौँ उपत्यका आसपासका १४ जिल्लाको मात्रै छपाइ बाँकी रहेको छ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइ भइरहेको छ। आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार हालसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ। छापिएका मतपत्रमध्ये १५ हजार ३७१ बाकस प्याकिङ गरिसकिएको छ भने दैनिक करिब एक हजार बाकस प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।
गत पुस २२ गतेदेखि सुरु गरिएको छपाइ कार्य तीन दिनभित्र सम्पन्न हुने अनुमान गरिएको छ। प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र आवश्यक पर्ने आयोगले जनाएको छ।
यसैबीच छपाइ सम्पन्न भएका मतपत्र आजैदेखि कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी सुरु गरिएको आयोगले जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link