माघ १,पोखरा। असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी ४ माघमा युगाण्डा जाने भएका छन् ।प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव सेवा लम्साल, प्रधानमन्त्रीकी छोरी गंगा दाहालका साथै उच्च सरकारी अधिकारीहरु रहने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । ५ माघमा असंलग्न राष्ट्रहरुको सम्मेलनको एउटा सत्रमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने छन् भने सम्मेलनमा सहभागी राष्ट्रका प्रतिनिधिमण्डल प्रमुखहरुलाई युगाण्डाका राष्ट्रपतिले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनेछन् ।सम्मेलनका क्रममा प्रधानमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । सम्मेलनअघि मन्त्रीस्तरीय बैठक भएकाले परराष्ट्रमन्त्री साउद भने २ माघमै युगाण्डा जाने छन् । प्रधानमन्त्री ७ माघमा स्वदेश फर्किने कार्यक्रम मन्त्राललयले जानकारी दिएको छ ।