वीरगञ्ज । नेकपा माओवादी निकट पत्रकारहरुको छाता संगठन प्रेस सेन्टर नेपाको २०औ स्थापना दिवस वीरगञ्जमा हुने भएको छ । सेण्टरको आईतबार राष्ट्रिय परिषदको बैठक पनि बीरगञ्जमा हुने भएको छ ।बैठक तथा स्थापना दिवसको तयारी अन्तिम चरणमा पुगेको सेण्टरका केन्द्रीय उपाध्यक्ष तथा स्थापना दिवस समारोह आयोजक समितिका संयोजक गोविन्द देकोटाले जानकारी दिनुभयो।राष्ट्रिय परिषद बैठकमा सहभागी हुन देशभरबाट पाँचसयको हाराहारीमा प्रतिनिधिहरु सहभागी हुने भएका छन्।
कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १५ गते आईतबार परेको स्थापना दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुनेछ। कार्यक्रममा सञ्चारमन्त्री रेखा शर्मा को पनि उपस्प्रेथिति रहने छ। प्रेस सेण्टर नेपाल केन्द्रीय समितिको आयोजनामा हुने कार्यक्रम वीरगञ्जको नगर सभा गृहमा हुनेछ ।
सोही दिन प्रधानमन्त्री प्रचण्डले वीरगञ्ज बारा र पर्साका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुसँग पनि संघीयता कार्यान्वयनको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
नेकपा (माओवादी केन्द्र) संघीयताको जननी भएको र यसको कार्यान्वयनमा पनि माओवादीको महत्वपूर्ण भूमिका हुने भएकोले स्थानीय तहमा संघीयताको कार्यान्वयनमा आउने समस्या, चुनौती र समाधानका लागि प्रधानमन्त्रीले छलफल गर्न लागेको बुझिएको छ । ट्रिब्युन न्युजबाट