दरबार हत्याकाण्डमा दाजुको बंशनाश पश्चात हामीमाथि घातक प्रहार भए : पूर्वराजा ज्ञानेन्द्र

दरबार हत्याकाण्डमा दाजुको बंशनाश पश्चात हामीमाथि घातक प्रहार भए : पूर्वराजा ज्ञानेन्द्र

Former King Gyanendra Shah speaking at the inauguration of International Birat Hindu Mahasammelan in Kathmandu, on Thursday, October 20, 2016. Photo: THT

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

विषयलाई राजनीतिक जालझेल गरी धेरै जनतामा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको बताएका छन् ।
शनिवार वीरगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले २०५८ जेठ १९ को विनाशकारी कहालीलाग्दो घटनालाई लिएर अहिलेसम्म पनि परिवारमाथि घातक प्रहार हुने गरेको बताए ।
‘जेठ १९, २०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएका थियो।’ उनले भने ‘हामी र हाम्रो परिवारलाई घातक प्रहारहरु पनि गरेका थिए। सत्य सधैं सत्य हुन्छ। असत्यको विजयी कहिले हुँदैन। हाम्रो माझ प्रत्यक्षदर्शीहरु हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो।’
पूर्वराजा शाहले राष्ट्र प्रेम र राष्ट्रहितको सदाशयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जाने र आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने उति बेला नै आफूले आंकलन गरेको उल्लेख गर्दै उनले बितेका १५ वर्ष पछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको बताए ।
उनले जनतालाई भूगोल, जातजाति र धर्म संस्कृतिमा खण्डित गर्ने विभेदको, विखण्डनको, विग्रहको र निषेधको राजनीति नपर्न पनि सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.