Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

जिल्ला प्रहरी कार्यालय बाराले २१ लाख बराबरको भन्सार छलिका खुद्रा समानसहित ट्रक नियन्त्रणमा

loading views..
Nepal Telcome

वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय बाराले २१ लाख बराबरको खुद्रा समानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।विशेष सूचनाको आधारमा चलाएको जाँचको क्रममा सिमरा पथलैयाबाट प्रहरीले खुद्रा समानसहित ट्रक नियन्त्रणमा लिएको हो ।
वीरगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख ६०४६ नम्बरको ट्रकको जाँच गर्दा प्रहरीले बिल विजक भन्दा बढी समान पाइएपछि पक्राउ गरेको जनाएको छ ।
प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार पथलैयाबाट २१ लाख ६१ हजार बराबरको समानसहित ट्रक पक्राउ गरिएको हो । बरामद खुद्रा समानसहित ट्रक आवश्यक कारबाहीको लागि पथलैया राजश्व कार्यालयमा पठाइएको बारा प्रहरीले जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link