Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

बन्द तथा रुग्ण उद्योग सञ्चालन गर्ने प्रस्ताव एक हप्ताभित्र ल्याउन उद्योग मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

loading views..
Nepal Telcome

 

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द रहेका हेटौंडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना, गोरखकाली रबर उद्योग लगायत उद्योगहरू सञ्चालन गर्ने विकल्पबारे छलफल गरेका छन् ।
आइतबार प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग यसबारे छलफल गरेका हुन् ।
‘हेटौंडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना, गोरखकाली रबर उद्योग लगायत उद्योगहरू फेरि सञ्चालन गर्ने विकल्पबारे गहन छलफल भएको छ । पब्लिक–प्राइभेट–पार्टनरसीप (पीपीपी) मोडेलमा ती उद्योगहरू फेरि सञ्चालन गर्ने ठोस प्रस्ताव एक हप्ताभित्र पेस गर्न मन्त्रालयलाई निर्देशित समेत गरेको छु’, प्रधानमन्त्रीले सामाजिक सञ्जालमा भनेका छन्, ‘विश्वास छ– यस प्रयासले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्नुका साथै उत्पादन र रोजगारी सिर्जनाका क्षेत्रमा कोशेढुंगाको काम गर्नेछ ।’

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link