टाेकियाे। नेकपा माओवादी निकट प्रवासी संगठन नेपाली जनप्रगतिशिल मन्च जापानको अध्यक्षमा मोहन पौडेल निर्बाचित हुनु भएको छ।आईतबार भएकाे मञ्चकाे नवाै अधिवेशनबाट पाैडेल अध्यक्ष पदमा निर्वाचित हनु भएकाे हाे ।
त्यस्तै मञ्चकाे बरिस्ठ उपाध्यक्षमा श्यामहरी पाण्डे ,उपाध्यक्षहरुमा बाबुराम पौडेल ,जनक सुबेदी, शिबु थापा, आर एच गौतम श्रबण सत्याल ,भुवन हुमागाइ , रामकृष्ण भण्डारी रामप्रशाद गैरे ,महासचिवमा दावा लामा उपमहासचिबमा अर्जुन अंगाइ ,डिलाराम न्युरे, प्रमिला राइ सचिबहरुमा गोपाल लामिछाने (जिपी),जिबन पोखरेल ,राज पुरी ,राकेश बिमली बालबिक्रम तिगेला ,गोबिन्द प्रशाद पौडेल निर्वाचित हुनु भएको छ।
त्यसैगरी लेखा अनुशासन आयोगमा अर्जुन ढकाल, कोषाध्यक्षमा गौरी सापकोटा ,सहकोषाध्यहरुमा सालीकराम मरहट्टा ,भरत अर्याल ,हरिबाबु तामाङ र पवन अधिकारी सहितको पदाधिकारी र १८ जना थप्ने गरी ४३ सदस्सीय रहने गरी केन्द्रिय कार्यसमिती बनाईएकाे निवर्तमान अध्यक्ष भवानी पन्तले जानकारी दिनु भयाे । उहाका अनुसार माओवादी केन्द्र पार्टी केन्द्रिय सदस्य एवम् प्रवास समिति सहईन्चार्ज लक्ष्मण पन्तकाे प्रमुख प्रमुख आतिथ्यता , पार्टी केन्द्रिय सदस्य तथा प्रवास समिति अध्यक्ष ओम शर्मा लगाएत नेता र कार्यकर्ताकाे उल्लासमय उपस्थितिमा अधिवेशन भव्यताका साथ सम्पन्न भएकाे उहाले जानकारी दिनुभयाे ।त्यसैगरी उहाँका अनुसार दुई वर्ष अगाडि मञ्चले हालका नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डको एक हप्ते जापान भ्रमणको अवसर जुटाउन सफल भएका थिए।
मञ्चले यस अघि जापानमा रहेको आफ्नो सातवटै क्षत्रीय कमिटीको अधिवेशन सकिसकेको छ भने मञ्चले नेपालमा आईपर्ने जुनसुकै विपत्तिको बेलामा पनि सहयोग र सामाजिक कार्यहरू गर्दै आईरहेको छ । (टोकियोबाट सुदिप सुनार)
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.