पोखरा। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अहिले गठबन्धनले सुर्यमा ग्रहण लागिरहेको टिप्पणी गरेका छन् । आज (बुधबार) सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गठबन्धनले सुर्यमा ग्रहण लागेको हुनाले विकासका धेरै कामलाई रोकिरहेको बताएका हुन् ।
गठबन्धनको सरकार बन्नेवित्तिकै विकासका सबै योजनाहरु काटिएको उनको आरोप छ । एमालेको सरकार हुँदा सुरु भएका विकास निर्माणका काम वर्तमान सरकारले रोकिरहेको उनको दाबी छ । देश बनाउने एमालेविरुद्ध आठ/दश वटा पार्टी मिलेर ग्रहणको काम गरेको उनले बताए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.