खड्ग ओली श्री ७ महाराज बन्न खोज्दै: डा.गोविन्द केसी

खड्ग ओली श्री ७ महाराज बन्न खोज्दै: डा.गोविन्द केसी

  • बिहिबार, माघ १५ २०७७

काठमाडौं।चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी ओली बेइमान तानाशाह भएको आरोप लगाएका छन् ।

बुधबार राजधानीमा नागरिक आन्दोलनलाई सम्बोधन गर्दै केसीले सडकको भाषा नसुन्ने शासकको दुःखद अन्त्य हुने बताए ।
ओली इमान्दारिता नभएको तानाशाह भएको उनको भनाइ छ । ‘ओलीमा कुनै नैतिकता, इमानदारिता छैन’, केसीले भने, ‘बलिदानबाट प्राप्त संविधानलाई बलात्कार गरेर संसद विघटन गरे ।

ओली श्री ३, श्री ५ र श्री ७ महाराजधिराज भए ।’ केसीले ००७ साल, ०४६ साल र ०६२/०६३ सालको परिवर्तन सडकबाटै आएको स्मरण गर्दै अहिले पनि जनता ओलीको विरोधमा सडकमा हरेको बताए ।

तर, ओलीले सडकको आवाजलाई अनादर गर्ने गरेको भन्दै आक्रोश पोखे । ‘हामी सार्वभौम नागरिक हौँ, भोट दिएर नेताहरुलाई जितायौँ ।

हामीले भोट दिएकालाई सडकमा ल्याउन पनि हामीले जानेका छौँ, त्यो पनि हाम्रो अधिकार हो’, उनले भने, ‘ओलीले सडकको भाषा बुझ्दैनन् भने सुन्ने र बुझ्ने बनाइन्छ ।’ ओलीले संसद विघटन गरेर न्यायपालिकालाई समेत दबाब दिएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.