वीरगञ्ज। जताततै गुठ्का,सुर्ती,पान खाएर थुक्ने कार्यमा अभ्यस्त भएर सबैको दिमागमा फोहोर सहरको छाप पारेको औद्योगिक सहर वीरगञ्जमा महानगर भित्रका मन्दिर, मस्जिद, स्कुल र कलेजको भवन र जग्गामा मदिरा एवं सुर्तीजन्य पदार्थ बिक्रीवितरण र कारोबार गर्न रोक लगाउने निर्णय गरेको छ।
वीरगञ्ज महानगरपालिकाको कार्यालयमा उपप्रमुख इम्तियाज आलमको सभापतित्वमा आइतबार बसेको बजार अनुगमन समितिको बैठकले उक्त निर्णय गरेको हो।
बैठकमा संघीय स्वास्थ ऐन अनुसार मठ मन्दिर र शिक्षालयको वरिपरि ५०० मिटर सम्म मदिरा एबम सुर्तीजन्य पदार्थ बेच्न नपाइने बिषयमा गहन छलफल भए पनि हाललाई भने स्कुल कलेज र मन्दिर मस्जिद जस्ता धार्मिक केन्द्रहरुको भवन र जग्गामा मात्र मदिरा एवं सुर्तीजन्य पदार्थको बिक्रीवितरण र कारोबारमा रोक लगाएको होटल तथा पर्यटन एक व्यवसायीले जानकारी दिए।उनले संघीय कानुनमा रहेको ५०० मिटरको प्राबधान त्यति व्यवहारिक र बजार मैत्री नभएको पनि बताए।
बैठकले महानगरभित्र रहेका सहकारीहरुको अनुगमन तीब्र बनाइने, अनुगमनको क्रममा दिएको निर्देशन पालन भए नभएको जाँच गर्ने, निष्क्रिय सहकारीलाई खारेजीको प्रक्रियामा लाने र विद्यालयको पनि अनुगमन गर्ने निर्णय गरेको छ।
बैठकमा महानगरका उप प्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दास, होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त, वडा प्रहरी बिर्ताका प्रमुख, ट्राफिक प्रमुख सशस्त्रका प्रतिनिधि, नगर प्रहरी, बाणिज्य, घरेलु र प्रशासनका प्रतिनिधि, उपभोक्ता मन्चका अजित भुजेल लगायतको उपस्थिति थियो। #मधेश प्रदेश
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.