नेफिन क्यूशुको अध्यक्षमा सन्तमान शाक्य र सचिवमा प्रदीप राई निर्वाचित

नेफिन क्यूशुको अध्यक्षमा सन्तमान शाक्य र सचिवमा प्रदीप राई निर्वाचित

सन्दिप सुनार

जापान। नेपाल आदिबासी जनजाती महासंघ क्युस्यु क्षेत्रिय कार्यसमितिको चौथो अधिबेशन केन्द्रीय कार्यसमितिका कार्यवाहक अध्यक्ष श्री गुरुङ्गज्युको प्रमुख आतिथ्यमा भब्यताका साथ सम्पन्न भएको छ । आईतबार फुकुओका स्थित हाकता सिमिन सेण्टरमा भएको क्युस्यु क्षेत्रिय कार्यसमितिको चौथो अधिबेशनबाट अध्यक्ष सन्तमान शाक्यको नेतृत्वमा नयाँ २०२३/०२५ कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । नयाँ
कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेको हो ।क्युस्यु क्षेत्रमा संगठनात्मक रुपमा राम्रो उपस्थिति तथा काम गर्दै आईरहेको अध्यक्ष रोशन कुमार राईको अध्यक्षता र नेपाल आदिबासी जनजाती महासंघ जापानका केन्द्रिय कार्यवाहक अध्यक्ष श्री गुरुंगको प्रमुख अतिथिमा चौथो अधिबेशन सम्पन्न गरेको हो । क्युस्यु क्षेत्रिय कार्यसमितिका सचिब सन्तमान शाक्यको सक्रियता र संचालनमा भएको क्युस्यु क्षेत्रको चौथो अधिबेशनमा नेपाल आदिबासी जनजाती महासंघका अग्रज ब्यक्तित्वहरु, क्युस्यु क्षेत्रका बिभिन्न संघसंस्थाका संयोजक तथा प्रतिनिधिहरुको उपस्थितिमा अध्यक्ष सन्तमान शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
क्युस्यु क्षेत्रिय कार्यसमितिद्धारा निर्माण गरिएको निर्वाचन कमिटिका संयोजक रामकृष्ण श्रेष्ठ, सदस्यहरु भीम गुरुंग र आशीष योंजन सदस्य रहने गरि गठन गरिएको निर्वाचन कमिटिले आह्वान गरिएको उम्मेदवारीमा क्षेत्रिय पदाधिकारीहरुको पदमा उम्मेदवारी धेरै आएको र सबै जाती बर्गहरुको समान सहभागितालाई मध्यनजर गर्दै केहि पदहरु बिधान संशोधन मार्फत थप्ने गरि केन्द्रिय कार्यसमितिका कार्यवाहक अध्यक्ष श्री गुरुंग, क्युस्यु क्षेत्रिय कार्यसमिति र निर्वाचन कमिटि क्युस्यु बिचको छलफलबाट केन्द्रिय बिधान र क्युस्यु क्षेत्रिय कार्यसमितिद्धारा निर्माण गरिएकोनिर्वाचन कार्यबिधि २०२१ को अधिनमा रहि नयाँ कार्यसमिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष सन्तमान शाक्य ज्युले बताउनु भयो ।  पदाधिकारी पदमा उल्लेख्य मात्रामा उम्मेदवारी परेको र त्यसको व्यवस्थापन गर्नको लागि कार्यसमितिको सहमति बामोजिम निर्वाचन कमिटीले १ सह-सचिव थप गरी १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा घोषणा गरीएको थियो ।

क्युस्यु क्षेत्रमा नेफिन क्युस्यु एक सक्षम र बिधिबिधान सम्मत चल्ने संस्था भएकोले प्रक्रियागत रुपमा नयाँ कार्यसमिति गठन गर्न सफल भएको र आगामी दिनमा पनि क्युस्यु क्षेत्रमा जनजातीहरुको सवाल मात्र नभई सिङ्गो क्युस्यु क्षेत्रको नेतृत्वदायी भूमिका निर्बाह गर्न सक्नेछ भन्ने बिश्वास पनि ब्यक्त गर्नुभएको थियो । उक्त महाधिबेशनमा सहभागी बिभिन्न संघसंस्थाका प्रतिनिधिले पनि क्युस्यु क्षेत्रमा जनजाती महासंघ एक सशक्त संस्थाको रुपमा स्थापित भएको र आगामी दिनमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । यस्तै केन्द्रबाट कार्यक्रममा उपस्थित विशिष्ट अतिथि र प्रमुख अतिथि ज्युले पनि क्युस्यु क्षेत्रमा जनजातीहरुको उपस्थिति बाक्लो भयपनी कार्यक्रममा भने जनजातिहरुको उपस्थिति न्यून हुनु दुःखद रहेको बताउनु भएको थियो । संघसंस्था प्रतिको सहभागिता उल्लेख्य भएको र जापानमा सिकेका ज्ञान सिपलाई राष्ट्र निर्माण लगाउन सके उचित हुने राय ब्यक्त गर्नु भएको महासंघका नवनिर्वाचित अध्यक्ष सन्तमान शाक्य ज्युले बताउनु भयो ।
नेफिन क्यूशुको चौथो अधिवेशनमा केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष कान्छा लामा ज्युलाई जापान को प्रतिष्ठित बिशवबिध्यालयमा भिजीतिंग प्रोफेसरको रूपमा नियुक्त हुनु भएकोमा बधाई सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
नेपाल आदिबासी जनजाति महासंघ, क्यूस्यु कार्यसमिति (२०२३-२०२५ )को सम्पूर्ण नवनिर्बाचित कार्यसमितिलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली तल साभार गरेका छौ ।
अध्यक्ष : शन्तमान शाक्य
उपाध्यक्ष : ईन्द्र घले
: रोजिन थापा मगर
महिला उपाध्यक्ष : नानी मैंया तामाङ
सचिब : प्रदिप कुमार राई
सह-सचिब : बिक्रम घिसिङ
: युकेश राना मगर
कोषाध्यक्ष : नयन कुमार तामाङ
सहकोषाध्यक्ष: सनम श्रेष्ठ
सदस्यहरु : दिलिप कुमार हेनजन
: सजना श्रेष्ठ
: धिरेन तुलाधर
: प्रेम राई
: सुजन शाक्य
: बसन्त श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.