भ्रष्टचारको मामिलामा नेपाल अग्रस्थानमा

भ्रष्टचारको मामिलामा नेपाल अग्रस्थानमा

  • बिहिबार, माघ १५ २०७७

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा झन् भ्रष्टाचार बढेको जनाएको छ ।

१८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा ११७ औं स्थानमा छ । गत वर्ष यस सूचीमा नेपालको अंक ३४ (११३ औं स्थान) थियो । यसले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देखाएको छ

निरन्तर भइरहेको भ्रष्टाचारले स्वास्थ्य सेवा प्रणालीहरूलाई हानि गरिरहेको र कोभिड महामारीका बीचमा लोकतन्त्रमा आघात पुर्याउन योगदान गरिरहेको प्रतिवेदनले औंल्याएको छ ।

यस वर्षको सूचकांकमा समावेश १८० देशमध्ये डेनमार्क र न्युजील्याण्ड कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् । साउथ सुडान र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएका छन् ।यो संस्थाले राज्यका प्रमुख अंगहरुमा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोगबारे सर्वेक्षण गर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.