Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

एक खेल बाँकी हुँदै नेपाललाई ओडीआई सिरिज

loading views..

पोखरा। नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक खेल बाँकी रहँदै क्यानडाविरुद्ध ओडीआई सिरिजको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा नेपालले ४ विकेटको जित दर्ता गरेको हो । क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४६ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालले शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा नेपालले ४ विकेटको जित दर्ता गरेको हो । क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४६ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो ।नेपालले ओडीआईमा दोस्रो पटक २ सय ८६ रनको लक्ष्य पछ्याएको हो । यसअघि २०२३ मा नामिबियाविरुद्ध पनि समान लक्ष्य पछ्याएको थियो ।
क्यानडाविरुद्ध लगातार दोस्रो जितसँगै नेपालले तीन खेलको सिरिज २-० ले सिरिज जितेको हो । पहिलो खेलमा विहीबार नेपाल ७ रनले विजयी भएको थियो । अब अन्तिम खेल सोमबार हुनेछ ।कप्तान रोहित पौडेल, यू१९ कप्तान देव खनाल र ओपनर अनिल शाहले अर्धशतक बनाएपछि नेपाल सहज जिततर्फ अघि बढेको थियो । तर मध्यक्रममा अन्त्यतिर लगातार विकेट गएपछि नेपाल केहि दबाबमा पर्यो ।
रोहितले १ सय १ बलमा ८७ रनको योगदान दिएका थिए । ८ चौका र ४ छक्का जोडेका उनी पाँचौ विकेटको रुपमा आउट भएका थिए । विपक्षी कप्तान साद बिन जफरको बलमा एज लागेपछि उनी कट बिहाइन्ड भएका थिए ।
ओपनर अनिल शाहको आक्रामक सुरुवातपछि कप्तान रोहित र देवले तेस्रो विकेटका लागि कीर्तिमानी १ सय ५० रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । यसअघि कुशल भुर्तेल र रोहितले नामिबियाविरुद्ध २०२३ मा १ सय ३३ रनको साझेदारी गरेका थिए ।
देवले ३४ औं ओभरमा हर्ष ठाकरलाई क्याच फिर्ता दिएपछि साझेदारी तोडिएको थियो । देवले ८१ बलमा ७ चौका र २ छक्कासहित ७६ रनको योगदान दिए । उनले ५६ बलमा अर्धशतक बनाएका थिए ।देव आउट भएपछि क्रिजमा आएका भीम सार्की २१ बलमा २३ रन जोडेर आउट भए । ४ चौका प्रहार गरेका उनी दिलप्रित बज्वाको बलमा विकेटकिपरबाट समातिए । पवन सर्राफ पनि ८ बलमा २ चौका र १ छक्कासहित १४ रन जोडेर आक्रामक सट खेल्ने क्रममा ठाकरकै बलमा कट बिहाइन्ड भए । सोमपाल कामी र कुशल मल्लले नेपाललाई जितसम्म पुर्याए । दुवै ९-९ रनमा नटआउट रहे ।त्यसअघि ओपनर अनिल शाहले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा तीव्र अर्धशतक प्रहार गरेका थिए । अनिलले १९ बलमा अर्धशतक पूरा गरे । उनले आसिफ शेखले पिएनजीविरुद्ध गत वर्ष २१ बलमा अर्धशतक बनाएको कीर्तिमान तोडेका हुन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्