Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

डीपी ढकालको नयाँ पुस्तक बजारमा

काठमाडौं।  राजनीतिक नेता तथा अर्थराजनीतिका विज्ञ सर्जक डीपी ढकालको नयाँ पुस्तक बजारमा आएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहाकार ढकालको यो सातौं कृति हो । नन्स्टप मिडिया भक्तपुरले प्रकाशनले बजारमा ल्याएको पुस्तक १०२ पृष्ठको छ । पुस्तकमा समाजवादको निमार्ण, पुँजीवादी विश्व व्यवस्थाको विकास, समाजवादी अर्थराजनीतिको अन्तर्राट्रिय अनुभव, समाजवादी क्रान्तिका दुई चरण, समाजवादमा संक्रमणको नेपालको मौलिक बाटोलगायतका ८ शीर्षकहरु समेटिएका छन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्ड, बागमती प्रदेश नीति तथा योजना आयोगका नरविक्रम थापा, अर्थराजनीतिका विज्ञ हरि रोका र विश्लेषक सोमत घिमिरेले पुस्तकमा भूमिका र मन्तव्य दिएका छन् । पुस्तकबारे प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘समाजवादको तयारीका सन्दर्भमा पनि नेपालको आफ्नै मौलिकता रहन्छ । जहाँसम्म समाजवादको आधार तयार पार्ने कार्यभारलाई कसरी व्याख्या गर्ने, दुई चरणका रुपमा परिभाषित गर्ने वा सोभन्दा कम वा बढी, त्यो एउटा बहसको विषय हुन सक्छ ।’ प्रा.डा. थापाले लेखेका छन्, ‘यस पुस्तकमा वर्तमान विश्वको अर्थ राजनीतिक अवस्था, दक्षिण एसिया र नेपालको विगतदेखि वर्षमानसम्मको आर्थिक, राजनीतिक र सामाजिक अवस्थाको बारेमा माक्र्सवादी दृष्टिकोणबाट सटिक व्याख्या तथा विश्लेषण गरिएको छ ।’

रोकाले लेखेका छन्, ‘असल मौकाको सदुपयोग गर्न चुकेर उबडखाबड बाटो हिँडेर यहाँसम्म आईपुगेको नेकपा माओवादी केन्द्रले अबका दिनमा सैद्धान्तिक रुपमा कसरी अगाडि बढ्नुपर्छ भनेर सैद्धान्तिक तथा वैचारिक हिसाबले चिन्ता लिने व्यक्तिका रुपमा कामरेड डीपी ढकाल माओवादी केन्द्रको बचाउमा यो पुस्तिका लिएर उभिनुभएको छ ।’ घिमिरेले लेखेका छन्, ‘यो किताव पढेर यसैमाथि बहस गर्ने हो भने समाजवादी बाटोका लागि सानै भएपनि यस विचारले योगदान प्रदान गरेको ठहरिने छ ।’ ढकालका यस अघि नेपाली क्रान्ति, अग्नियात्रीका सपनाहरु, पर्खालभित्रबाट चियाउँदा राजनीति, कम्युनिष्ट आन्दोलनका बहस, पुँजिवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम, समाजवाद र नेपाल जस्ता पुस्तक प्रकाशन भईसकेका छन् । समसामयीक विषयमा स्तम्भहरु लेख्ने ढकाल अर्थराजनीकि विषयमा गहिरो ज्ञान राख्दछन् ।

 

arrow प्रतिक्रिया दिनुहोस्