Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

प्रेस सेण्टर नेपाल जापान शाखाको संयोजकमा सन्दिप सुनार

loading views..
Nepal Telcome

जापान। प्रेस सेन्टर नेपाल जापान शाखाको संयोजकमा सन्दिप सुनार सर्वसम्मत चयन हुनुभएको छ । जापानमा रहेको प्रेस सेन्टर नेपाल निकट पत्रकारहरुको भेलाले संयोजकमा सुनारलाई चयन गरेको हो । संयोजक सुनारले करिब ५ बर्ष गोरखामा रहेको रेडियो मनासलु १०३.९ मेगाहर्जमा आवद्ध रहेर क्रियाशिल पत्रकारिता गर्नुभएको थियो भने अहिले विभिन्न अनलाइन ,पत्रपत्रिकामा आवद्ध हुनुहुन्छ ।

भेलाले प्रेस सेण्टर नेपाल जापान शाखाको प्रथम अधिवेशन आगामी मार्च १७ तारेखमा टोकियोमा गर्ने निर्णय समेत गरेको छ ।त्यस्तै यहि फेब्रुअरी २४ मा हुन गईरहेको प्रेस सेण्टर नेपालको प्रवास प्रदेश समितिको प्रथम अधिवेशनमा जापानबाट संक्रियताका साथ सहभागिता र अधिबेशन सम्पन्न गर्न जापान शाखाले भूमिका खेल्ने बिश्वास लिएको छ।

भेलामा प्रेस सेण्टर नेपाल, जापान शाखालाई मजबुत बनाउँदै पारस्परिक भेटघाट, संवाद तथा सहयोग आदानप्रदानको वातावरण निर्माण गर्ने र समाज रुपान्तरणका लागि निरन्तर कलम चलाउने साथीहरूलाई प्रोत्साहित गर्दै उनीहरूको पत्रकारिता क्षमताको बिकास गर्नमा जोड दिने बिषयमा छलफल भएको थियो ।

प्रेस सेन्टर नेपाल पूर्वी एशियाका ईन्चार्ज तिलक मल्लले सहजिकरण गर्नु भएको कार्यक्रममा नेपाली जनप्रगतिशिल मञ्च जापानका पूर्वअध्यक्ष भवानी पन्त , वर्तमान अध्यक्ष मोहन पौडेल लगायत सेण्टर निकट पत्रकारहरूको उपस्थिति रहेको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link