Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

खड्ग ओलीको तुजुक टिक्नेवाला छैन्: नारायणकाजी श्रेष्ठ

loading views..

गोरखा। नेकपाका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पद जोगाउनका लागि केपी शर्मा ओलीले पार्टीमाथि आक्रमण गरेको बताएका छन्। प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार गोरखामा आयोजित सभामा श्रेष्ठले प्रधानमन्त्री पदकै लागि ओलीले विगतमा पार्टी एकता गरेको बताए।

‘संविधान र लोकतन्त्रको आधारमा देशलाई सामाजिक र आर्थिक रुपान्तरण गर्छौं भनेर हामीले पार्टी एकता गरेका थियौ,’ उनले भने, ‘तर ओलीले प्रधानमन्त्री पदका लागि पार्टी एकता गरेका रहेछन्, पद जान्छ जस्तो लागेपछि पार्टीमाथि नै आक्रमण गरेर एकता भंग गरे।’ संसद विघटन गरेर ओलीले लोकतन्त्र र संविधानको हत्या गरेको उनको आरोप छ।

उनले भने, ‘संविधानको हत्या गरेर ओलीले संसद विघटन गरे तर अहिले अदालतमा उनको पक्षमा मुद्धा लड्ने वकिल कोही नपाएपछि राजतन्त्र चाहिन्छ गणतन्त्र मास्नुपर्छ भन्ने एक/दुई जना मान्छेलाई पैसा दिएर बहस गर्न लगाएका छन्।’ ओली नेतृत्वको सरकारलाई दुई महिने सरकारको संज्ञा दिँदै उनले यो सरकारको तुजुक धेरै समय नटिक्ने बताए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्