नवलपुरमा १५ वर्ष मुनिका बालबालिकालाई खोप

गण्डकीमा फागुन १३ देखि चैत ७ गतेसम्म दादुरा-रूबेला खोप अभियान

गण्डकीमा फागुन १३ देखि चैत ७ गतेसम्म दादुरा-रूबेला खोप अभियान

पोखरा। स्वास्थ्य निर्देशनालय गण्डकीले फागुन १३ देखि चैत ७ गतेसम्म दादुरा-रूबेला खोप अभियान सञ्चालन गर्ने कुरा पोखरामा पत्रकाहरुसँगको अन्तरक्रियामा बताएको छ।

यो अभियान सफल पार्न गण्डकीका ९ वटा जिल्लामा ५ हजार ७ सय ७८ जना स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले उक्त अन्तरक्रियामा जानाकारी दियो।

निर्देशनालयका अनुसार गण्डकीका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङमा दोस्रो चरणमा खोप अभियान सञ्चालन गरिनेछ। मनाङ र मुस्ताङका अधिकांश बासिन्दा जाडो छल्न बेसी झरेका कारण दोस्रो चरणमा खोप अभियान चलाइने जानाकारी दिइयो।

गण्डकीका अन्य जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाइनेछ भने नवलपुरमा १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइनेछ। भारतसँग सिमाना जोडिएको नवलपुरमा दादुरा रूबेला रोगको उच्च जोखिम भएकाले १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउने निर्णय गरिएको छ ।

खोप लगाउन गण्डकीमा २ हजार ८ सय ८९ वटा खोप केन्द्र सञ्चालन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.