Skip to content
Pokharapress Logo
१ पुष २०८२, मंगलवार

खगराज भट्टलाई मुख्यमन्त्री बनाउने प्रचण्डको प्रस्ताबमा जनार्दनको अबरोध

loading views..

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थायी कमिटी सदस्य समेत रहेका प्रदेश सांसद खगराज भट्टलाई मुख्यमन्त्री बनाउने गरी नेतृत्व परिवर्तन गर्ने भनेर गरेको अध्यक्षको प्रस्तावप्रति माओवादीमा तिब्र ‘मतभेद’ देखिएको छ । मंगलबारको बैठकमा प्रचण्डको उक्त प्रस्तावप्रति तिब्र आलोचना भएपछि अर्को दिन निर्णय गर्ने भन्दै बैठक नै स्थगित भएको थियो।

बैठकमा अध्यक्ष प्रचण्डले अहिले भएको निर्णयलाई यथावत राख्ने तर भट्टलाई आगामी दिनमा भने मुख्यमन्त्रीसमेत बनाउने गरी कांग्रेससँग छलफल गर्ने भनेर प्रस्ताव गरेका थिए । प्रचण्डको उक्त प्रस्तावप्रति नेताहरू चक्रपाणि खनाल, जनार्दन शर्मा र देवेन्द्र पौडेल लगायतले असहमति जनाए ।

खनाल, शर्मा र पौडेलले गलत ढंगले नेतृत्व परिवर्तन गर्न जायज नहुने धारणा राखेका थिए । ‘पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्छ । खगराजलाई ह्युमिलेट हुनेगरी निर्णय गरिनु हुँदैन,’ असहमति जनाउने नेताहरूले बैठकमा भनेका थिए ।

सोही क्रममा नेता भट्टले आफूले कुनै पनि जिम्मेवारी पाउने अवस्था नरहेको भन्दै भावुक हुँदै बिचमै बैठकबाट बाहिरिएका थिए । एक स्थायी कमिटी सदस्यका अनुसार प्रचण्डको प्रस्तावमा प्रभावशाली नेताहरूले रिजर्भेसन राखेपछि र भट्टपनि हिँडेपछि बुधबारको बैठकबाट आवश्यक निर्णय गर्ने भनेर बैठक स्थगित गरिएको थियो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्