Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

राष्ट्रिय वाणिज्य बैंकले कमायो १ अर्ब ७४ करोड खुद नाफा

loading views..
Nepal Telcome

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७७/७८ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले यस अवधिमा रु. १ अर्ब ७४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ। गत आ.व. को सोहि अवधिको बैंकको खुद मुनाफा २ अर्ब २१ करोड रुपैंया रहेको थियो । यस अवधिमा बैंकको कुल समग्र आम्दानी रु. २ अर्ब ४४ करोड, वितरणयोग्य मुनाफा रु. १ अर्ब ८० करोड, खुद ब्याज आम्दानी रु. ३ अर्ब ९१ करोड, कुल संचालन आम्दानी रु ४ अर्ब ६५ करोड तथा खुद संचालन आम्दानी रु ४ अर्ब ५० करोड, शेयरधनी कोष रु. २५ अर्ब ४७ करोड, लगानी रु. ७४ अर्ब ५८ करोड पुगेको छ।

२०७७ पौष मसान्तमा बैंकको ग्रहाक निक्षेप रु.२ खर्ब ४१ अर्ब र ग्राहकहरुलाई प्रवाह भएको खुद कर्जा तथा सापटी रु. १ खर्ब ६२ अर्ब पुगेको छ। अघिल्लो वर्षको सोहि मितिको तुलनामा बैंकको निक्षेपमा २३.९१ प्रतिशत र कर्जा तथा सापटीमा १० प्रतिशतले सन्तुलित बृद्धि भएको छ।

२०७७ पुस मसान्तसम्ममा पुँजीकोष अनुपात १२.७० प्रतिशत, कर्जा निक्षेप अनुपात ६५.४० प्रतिशत, आधार दर ५।६१ प्रतिशत, स्प्रेड दर ४.०९ प्रतिशत, कोषको लागत दर ३.२९ प्रतिशत तथा वार्षिकृत प्रतिशेयर आम्दानी रु.३८.८४ रहेको छ।

आ.व.२०७७/७८ को दोश्रो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकको कर्जा, निक्षेप, शेयरधनी कोष, लगायत समग्र व्यवसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सुचकाङ्कहरु परिपालना भएको तथा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link