Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

गोरखामा मोटरसाइकल दुर्घटनामा परेर युवकको मृत्यु, चालक पक्राउ

पोखरा। गोरखाको सिरानचोक गाउँपालिका–७ स्थित भालुस्वाँरामा मोटरसाईकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । भालुस्वाँरा स्थित सडकखण्डमा बा ९१ प ४५८ नम्बरको मोटरसाईकल गएराती अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलको पछाडी बस्ने सिरानचोक गाउँपालिका वडा नम्बर ६ नयाँसाँघुका २७ बर्षका मिलन थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका थापामगरलाई उपचारका लागि गोरखा अस्पताल ल्याइएको भएपनि उपचारका क्रममा मृत्यु भएको उहाँको भनाई छ । मोटरसाइकल दुर्घटनापछि फरार भएका मोटरसाईकल चालकलाई आज दिउँसो पक्राउ गरिएको एसपी पाठकले बताउनुभयो । मृतकका परिवारले किटानी जाहेरी दिएपछि गोरखा नगरपालिका–३ नारेश्वर घर भएका ३० बर्षका मोटरसाइकल चालक राजेश परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

मृतकको शव पोष्टमार्टमपछि अन्त्येष्टीका लागि परिवारलाई बुझाइएको छ । पारिवारिक स्रोतका अनुसार मृतक थापा यहीँ फागनु ३० गते बैदेशिक रोजगारीका लागि क्रोसिया जाने तयारीमा रहनु भएको थियो । घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

arrow प्रतिक्रिया दिनुहोस्