Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच सम्झौता, १० लाख रुपैयाँसम्म कृषि कर्जा दिने

loading views..

गोरखा। ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंकको तर्फबाट बारपाक शाखा प्रबन्धक प्रदिप गुरुङ्ग तथा सुपरभाइजर तेजबहादुर थापाले संयुक्तरूपमा हस्ताक्षर गरे।

समझदारी अनुसार बैंकले आवश्यक प्रक्रिया पूरा गरेका किसानलाई परियोजनाको विश्लेषण गरेर न्यूनतम २ लाख रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा प्रदान गरिनेछ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्