गोरखा। गोरखा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत कृष्णप्रसाद सुवेदीको कार्यकक्षमा लगाइएको ताला आइतबार खुलेको छ । नगरसभाको बिषयलाई लिएर उपप्रमुख मसलीमाया थोकर (सपना पुन) मगरको नेतृत्वमा प्रमुख प्रसाकिय अधिकृतको कार्यकक्षमा ताला लगाएको थियो ।
नगरवासी सहित स्थानीयले प्रमुख प्रसासकिय अधिकृतको कार्यकक्षमा लगाएको ताला नखोले ताला फोड्ने चेतावनी दिएपछि बिहान करिव १० बजे काग्रेस निकट नगरकार्यापालिका सदस्य अप्सरा नेपाली र वडा नम्बर ११ का वडा सदस्य रेनकुमार थापा मगरले ताला खोलेका हुन ।
फागुन २४ गते नगरसभा सम्पन्न भए लगत्तै काग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रमुख प्रसासकिय अधिकृत सुवेदीले आफुलाई असहयोग गरेको आरोप लगाउँदै कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
दैनिक सयौं नगरवासीलाई सेवा दिनुपर्ने प्रमुख प्रसासकिय अधिकृतको कार्यकक्षमा ताला लगाएपछि नगरवासीहरुले तिव्र असन्तुष्टि पोख्दै आएका थिए । प्रसासनले समेत गैरकानुनी हिसावले लगाइएको ताला नखोलिए ताला फोड्ने तयारी गरेको थियो ।
नगरवासीको दवावपछि उनीहरु पछि हट्न बाध्य भएको हो । तालाबन्दीको चर्को बिरोध भएपछी काग्रेस निकट जनप्रतिनिधिहरुले समेत आफुहरुबाट गम्भीर गल्ती भएको स्विकार गर्दै आएका थिए ।