Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम ऐतिहासिक अधिवेशनको सबै तयारी पुरा

loading views..
Nepal Telcome

टोकियो जापान । प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशनको सबै तयारि पुरा भएको छ । जापानका लागि नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सेन्टरको मार्च १७ तारिख का दिन प्रथम अधिवेशन हुन लागेको प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशन आयोजक समितिका एक सदस्यले जानकारी दिनु भयो। यस अघि अधिवेशन सम्पन्न गर्नका लागि जापानमा कृयाशिल प्रेस सेन्टर निकट पत्रकारहरूको भेलाले आयोजक समिति समेत गठन गरेको थियो  उनका अनुसार जापानको राजधानी टोकियो ओकुबु स्थित  काठमाडौं लण्चमा प्रथम ऐतिहासिक अधिवेशनको आयोजना गरिएको हो।कार्यक्रममा आतिथ्यताका लागि जापानमा रहेका क्रियाशिल सबै संघ संस्थाहरूलाई निमन्त्रणा पठाई सकिएको स्रोतले बतायो। प्रेस सेन्टर नेपाल, जापान शाखालाई मजबुत बनाउँदै पारस्परिक भेटघाट, संवाद तथा सहयोग आदानप्रदानको वातावरण निर्माण गर्ने र समाज रुपान्तरणका लागि निरन्तर कलम चलाउने साथीहरूलाई प्रोत्साहित गर्दै उनीहरूको पत्रकारिता क्षमताको बिकास गर्नमा अधिवेशनको मुख्य जोड हुने बताएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link