Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच पार्टी एकता गर्ने सहमति

पोखरा। नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

शनिबारका दिन माओवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए ।

सहमतिमा माओवादी महासचिव गुरुङ र नेसपा महासचिवयादवले हस्ताक्षर गरेका छन् ।

नेसपाका अर्का अध्यक्ष बाबुराम भट्टराई भने पार्टी एकताको पक्षमा छैनन् ।

arrow प्रतिक्रिया दिनुहोस्