Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

ग्रीनलाइफको आइपीओ २३ गतेबाट

loading views..
Nepal Telcome

काठमाडौं। ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर निष्काशन गर्न लागेको हो। उक्त सेयर निष्काशनको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ। उक्त सेयर निष्काशन गर्न लागिरहेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको साधारण सेयरको निष्काशन गर्नका लागि केयर रेटिङ्ग नेपाल लिमिटेडले केयर-एनपी बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यस साधारण सेयरको बिक्रीको लागि आगामी २३ गतेदेखि २७ गतेसम्म खुल्ला रहेनेछ।

यस साधारण सेयर निष्काशन गर्न लागेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले विभिन्न जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्य रहेको कम्पनी हो। आफ्नो उद्देश्य बमोजिम हाल यस कम्पनिले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजनाबाट विजुली उत्पादन गर्ने उद्देश्य सहित २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने गरी विद्युत खरिद बिक्री सम्झौता गरीसकेको छ।

साथै, ४० मेगावाट क्षमताको जलविद्युत आयोजना मध्ये २५ मेगावाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने १५ मेगावाट क्षमताको विद्युत आयोजनाको आगामी १ बर्ष भित्रमा उत्पादन प्रारम्भ हुने छ । त्यस्तै प्रशारण लाइनको कार्य ७० प्रतिशत सम्पन्न भईसकेको छ। उक्त कम्पनीले सामुहिक लगानी कोष र कम्पनीको कर्मचारीहरुलाई छुट्टाएको सम्पूर्ण सेयर बाडँफाड भईसकेको छ। २ अर्ब ५० करोड अधिकृत पूँजि रहेको उक्त कम्पनीको यस निष्काशन पश्चात् चुक्ता पुँजी १ अर्ब ८० करोड रहनेछ ।

हाल प्राथमिक बजारमा आबेदन दिने लगानीकर्ताहरुको आर्कषणले गर्दा बजारमा उच्च चाप रहेको र प्राथमिक सेयर आवेदकहरु धेरै हुने देखिएको छ। यसले गर्दा इच्छुक लगानीकर्ताहरुले सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनको तोकीएको शाखा कार्यालयहरु तथा मेरो सेयरमार्फत आबेदन दिन सकिनेछ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link