Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र नवकुल शर्मा बिरुद्ध भ्रष्टाचार मुद्दा दायर

loading views..
Nepal Telcome

पोखरा। आम नेपाली जनमानसमा भन्सार भन्ने बित्तिकै भ्रष्टहरुको अखडा भन्ने बुझाए रहिआएकोमा सोही कुरालाई पुष्टि गर्दै अख्तियार दुरुपयोग अनुसन्धान  आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले सापकोटा र शर्मासहित शेरबहादुर बस्नेत र शरणकुमार खरेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

चीनबाट आयात गरेको सामानको प्रज्ञापन पत्र नं. ७२६ मिति २०७९ पुस २० मा दर्ता गरेपछि उनीहरूले भन्सार प्रणालीबाटै हटाएर अनिमियतता गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link