पोखरा, १ जेठ। वाणिज्य बैंकहरुले जेठ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। व्यक्तिगत तर्फ मुद्दती निक्षेपको ब्याजदर जेठ महिनाका लागिऔसतमा ७.०७ प्रतिशत कायम भएको छ । वैशाखमा औसत ब्याजदर ७.१५ प्रतिशत रहेको थियो । १९ बैंकहरुको ब्याजदर ०.०८ विन्दुले घटको हो ।
९ बैंकको ब्याजदर घटेको छ भने ७ बैंकहरुले वैशाखकै ब्याजदरलाई जेठमा पनि निरन्तरता दिएका छन् । ३ बैंकहरुले ब्याजदर बढाएका छन् ।
ब्याजदर बढाउनेमा एनआइसी एसिया, प्रभु र ग्लोबल आइएमई बैंक रहेका छन् । मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिनेमा एनएमबि बैंक रहेको छ भने सबैभन्दा कम ब्याजदर नेपाल एसबीआई बैंकको रहेको छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.