Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

युवा संघको बिशाल मोटरसाइकल ऱ्याली!

loading views..
Nepal Telcome

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले यही माघ २३ गते आयोजना गर्ने जनसभाको पूर्वसन्ध्यामा आज राष्ट्रिय युवा सङ्घले आज मोटरसाइकल र्‍याली निकालेको छ । नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले नेतृत्व गरेको मोटरसाइकल र्‍यालीकाे शुभारम्भ नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले गरेका थिए ।   बालकुमारीबाट शुरु भएको ¥याली सातदोबाटो–लगनखेल, जावलाखेल–पुल्चोक–थापाथली–त्रिपुरेश्वर–जमलचोक–दरबारमार्ग –जयनेपाल हल–कमलपोखरी–रातो पुल–गौशाला–एयरपोर्ट हुँदै तिनकुने पुगेर सभामा परिणत भएको थियो । र्‍यालीमा १० हजार मोटरसाइकल सहभागी भएको युवा सङ्घका सहसंयोजक रमेश पौडेलले दाबी गरे। मोटरसाइकल र्‍यालीमा राष्ट्रिय युवा सङ्घ, अनेरास्ववियु, नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट), नेपाल खेलकूद महासङ्घलगायत सहभागी रहेका थिए ।   वाग्मती प्रदेश सङ्गठन कमिटीको आयोजनामा निर्वाचन घोषणपछिको राजनीतिक सन्देश दिन यही माघ २३ गते नारायणहिटी दरबार अगाडि हुने बृहत् सभामा सफलतापूर्वक सम्पन्न गर्न केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link