Skip to content
Pokharapress Logo
४ बैशाख २०८३, शुक्रबार

पोखरामा मोटरसाइकल चोरी गर्ने व्यक्ति पक्राउ

loading views..

कास्की २१ जेठ। पोखरा महानगरपालिका वडा नं. १४ सितलटोलबाट पार्किङमा रोकी राखेको ग १५ प ३१९ नम्बरको पल्सर मोटरसाइकलमा नक्कली चावी प्रयोग गरी चोरी गरी लगेको भन्ने जाहेरीको आधारमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले सितलटोलबाट केही पर

सोही मोटरसाइकल घिसार्दै लगि रहेको अवस्थामा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १४ शितलटोल बस्ने वर्ष २१ को सुवास तामाङलाई फेला पारी निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरी श्रोतले बतायो।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्