Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

ओलीको प्रतिगामी कदमको बिरूद्ध प्रचण्ड-माधव समूहको आम हड्ताल: दर्जनौ नेता तथा कार्यकर्ता गिरफ्तार

loading views..
Nepal Telcome

काठमाडौं। नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार देशव्यापी आम हड्तालको घोषणा गरेको छ। हड्तालका कारण काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन निकै नै कम चलेका छन्।

बिहानैदेखि हड्ताल सफल बनाउन बन्द गराउँदै हिडेका ५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँका विभिन्न ठाउँबाट प्रहरीले प्रचण्ड-नेपाल समूहका ५७ जना कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ।कलंकी चोकबाट :अष्टलक्ष्मी शाक्य

काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी गरिएको छ। आज आम हड्ताल आव्हान गरेको दाहाल- नेपाल समूहका कार्यकर्ताले ट्याकसीमा आगजनी गरेका हुन्। प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको प्रहरीले जनाएको छ । ट्याक्सी धादिङका खुम्बु श्रेष्ठको रहेको बताइएको छ । ट्याक्सी पूर्ण रुपमा क्षति भएको छ।

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै दाहाल-नेपाल समूहले आज देशब्यापी आम हड्तालको घोषणा गरेको हो।

हड्तालमा बन्द प्रभावकारी बनाउन प्रचण्ड-नेपाल समूहले ठाउँ ठाउँमा कमाण्डर नै तोकेको छ। तर गृह मन्त्रालयले बजार व्यवसाय खोल्न आग्रह गर्दै बाक्लो सुरक्षाकर्मी समेत परिचालन गरेको छ।

दाहाल-नेपाल समूहले आम हड्तालका कारण जनतामा पर्ने असहजताका निम्ति क्षमाचायना गरेको छ। आज अस्पताल, प्रेस, पानी, दूध, एम्बुलेन्स र परीक्षाबाहेक सबै क्षेत्र बन्द हुने संघर्ष समितिले जनाएको छ। आगामी २८ गते काठमाडौंमा जनसभा गर्ने कार्यक्रम पनि यथावत नै राखिएको छ।

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दैदाहाल-नेपाल समूहले बिहीबार देशब्यापी आम हड्तालको घोषणा गरेको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link