जेठ २५, पोखरा। पोखरा महानगरपालिका वडा नं.१६ दिपमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी गस्ती टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा लामाचौरबाट बगर तर्फ आउँदै गरेका बा ४ ख ३०५९ नं.को मिनी टिप्परमा अबैध रुपमा कटिङ पिस ढुङ्गाहरु लोड गरी ल्याउँदै गरेको र सो सम्बन्धमा प्रयोजन खुल्ने कागजातहरु साथमा नभएकोले उक्त मिनी टिप्परलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको प्रहरी श्रोतले जानाकारी दियो।पोखरामा यो नाकालाई अबैध रुपमा बालुवा, गिट्टी,ढुङ्गा लगायतका बस्तुहरु प्राय:तस्करी हुने नाकाको रुपमा लिइन्छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.