काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संयुक्त आन्दोलनबाट केपी सरकारको आयु सकिने बताएका छन् । बिहीबार आमहड्ताल सफल बनाउन ललितपुरको सातदोवाटोमा आएका प्रचण्डले यस्तो बताएका हुन् । उनले फागुन पहिलो हप्ताबाट सशसक्त आन्दोलन सुरु हुने र सरकारको आयु सकिने बनाए । उनले अव आफुहरुको आन्दोलन थप सशक्त हुने चेतावनी दिए । अहिले केपी र प्रचण्डको जुहारी नभएको भन्दै उनले संविधान मिचिएकाले सरकारप्रति बिरोध गरिएको तर्क गरे । प्रधानमन्त्रले संविधान र लोकतान्त्रीकमाथि नै प्रहार गरेको बताए । उहाले सरकार आफैले प्रदर्शन गर्ने कुरा अनौठो भएको बताए । उनले भने, ‘आफैले संविधान मिच्ने अनि आफै पञ्चार्याली निकाल्ने ।’ उनले प्रधानमन्त्रीले लगातार संविधान मिच्ने काम गरेको बताए । संवैधानिक निकायमा सपथ गराएर ओलीले जंगली राज देखाएको उनले बताए । अहिले प्रतिगतमको पनि भद्दा रुप देखिएको उनको भनाइ छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.