जेठ ३१,पोखरा। कास्की पोखरा महानगरपालिका वडा नं.०१ पि. एन. क्याम्पसको पछाडीतर्फ खाली चौरमा २ जना महिलाहरुलाई अपरिचित व्यक्तिहरुले लछार पछार गरी खुकुरी समेत प्रहार गरी घाईते बनाई निजहरुको मोवाईल थान-२ चोरी गरी भागेको भन्ने सूचनाको अधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.११ फुलबारी बस्ने वर्ष ३२ को सागर नेपाली र बस्ने वर्ष २१ का सुजित नेपालीलाई मोबाईल सहित फेला पारी निजहरुलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरी श्रोतले बतायो ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.