अखिल नेपाल सुकुम्बासी संघ कास्की जिल्लाको सातौँ अधिवेशन सम्पन्न

अखिल नेपाल सुकुम्बासी संघ कास्की जिल्लाको सातौँ अधिवेशन सम्पन्न

जेठ ३२,पोखरा। अखिल नेपाल सुकुम्बासी संघ कास्की जिल्लाको सातौँ अधिवेशन सम्पन्न भएको छ । पोखरा–८ सृजनाचोकको, व्हाइट हाउस पार्टी प्यालेसमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कास्की जिल्लाका इन्चार्ज एवं पूर्व गण्डकी प्रदेश अर्थमन्त्री क.रामजी प्रसाद बरालज्यूले ब्यानरमा हस्ताक्षर तथा दिप प्रज्वोलन गर्दै सबै राजनैतिक दलहरुलाई दलभन्दा माथि उठेर सुकुम्बासी तथा अव्यवस्थित बसोबसीहरुलाई कुनै पनि अवरोध सृजना नगरी जग्गाधनी पूर्जा उपलब्ध गराउनमा जोड दिन आग्रह गर्नुभयो ।
संगठनले विगतमा गरेको संघर्षहरुको अनुशरण गर्दै क.जिवनले भविष्यमा अझै झुझारु तरिकाले गर्न सकोस भन्दै सफल कार्यकालका लागी नयाँ समितीलाई शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा पार्टीका गण्डकी प्रदेश सदस्य एवं संघका केन्द्रिय सचिव ओम बहादुर पौडेलले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा सम्बन्धित कार्यविधी संसोधन पश्चात मात्र भुमि प्राप्तीको लागी सहज हुने अन्यथा यो समस्या जस्ताको त्यस्तै रहने कुरा जानकारी दिनुभयो ।
पौडेलले पटक–पटक बनेका आयोगको जग्गा सम्बन्धी कार्यविधी संसोधनका लागी स्थानिय निकाय देखि आयोगको केन्द्रिय कार्यलय सम्म ध्यानाकर्षण–पत्र बुझाएको तर कुनै सुनवाइ नभएकोले अबको योजना संघको केन्द्रिय समितीको बैठकद्वारा एउटा निश्कर्ष निकाल्ने जानकारी दिनुभयो ।
संगठनलाई अझ मजबुत बनाउन एकिकृत हुनुपर्ने र संगठनमा आबद्ध सबै सदस्यहरुको कानुनी तथा प्रशासनिक कार्यहरु आधुनिक तथा प्रविधि साधनको प्रयोग गरी लैजानुपर्ने अन्यथा कुर्नेपनि सुविधाबाट पछि पर्न सक्ने संगठनका नेता अर्जुन मल्लले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु तेज कुमरी पौडेल, दुर्गा बि.क., सोमती गुरुङ, गंगा पोखरेल, बखान सिंह गुरुङ, प्रदेशका सचिवालय सदस्य विनय थापा लगायतले शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो ।सो कार्यक्रममा विगत २०५७ सालबाट नै संगठनले निरन्तर सुकुम्बासी तथा अव्यवस्थितहरुको हक अधिकारको लागी संघर्ष गर्दै आएको र भविष्यमा पनि अखिल नेपाल सुकुम्बासी संघ कास्कीले यसैगरी नै काम गर्दै जाने पोखरा महानगरका उपाध्यक्ष एवं संघका जिल्लाका फ्याक्सन इन्चार्ज हर्कमान विश्वकमाले प्रतिबद्धता जाहिर गर्नुभयो ।
अखिल नेपाल सुकुम्बासी संघ कास्की जिल्लाको सातौँ अधिवेशनले नयाँ जिल्ला समितीमा रमेश बलकोटी अध्यक्ष, मंगल बहादुर सुनार, सन्तमाया क्षेत्री सहित २ उपाध्यक्ष, अशोक राई सचिव, बलविर राना सह–सचिव, सान्ती तामाङ कोषध्याक्ष लगायत ४५ सदस्यीय सचिवालय सदस्यहरुको समिती गठन भएको जानकारी संघको सचिव अशोक राईले दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.