Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

पहिरोमा पुरिएर आमा छोरीको मृत्यु

loading views..

स्याङ्जा, १५ असार। फेदीखोला गाउँपालिका वडा नं.–०५ बाँगेमा अबिरल बर्षासगै गएको पहिरोले घरगोठ पुरिदाँ दुई जनाको मृत्यु भएको छ ।
ढुङगा माटो र टिनले छाएको एक तले घर गोठँको २५ मिटर माथिबाट आएको पहिरोले पुरिदाँ ३१ बर्षिय दुर्गा जिटी र निजकी तीन बर्षिय छोरी निसिका जिटीको मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले आमा छोरीको घटना स्थमलै मृत्यु भएको बताउनुभयो ।
यस्तै घर नजिकै रहेको गोठमा रहेको एक भैसीको समेत मृत्यु भएको रानाले बताउनुभयो ।
दुई दिन सम्म अबिरल बर्षासँगै बढेको आँधीखोलाले बगाएर पुतलीबजार नगरपालिका १४ का ३५ बर्षिइ सुर्य प्रसाद भण्डारीको मृत्यु भएको थियो ।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्