Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

नेपाल टेलिकम हुम्ला शाखामा तालाबन्दी!

loading views..

हुम्ला । गुणस्तरीय सेवा नदिएको जनाउँदै नेपाल टेलिकमको कार्यालय तालाबन्दी गरिएको छ । महिनौं दिनसम्म ध्यानाकर्षण गराउँदा पनि टेलिकमले लापरवाही गरेको भनी युवाहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

जिल्लाका युवा सङ्घ र नागरिक समाज मिलेर तालाबन्दी गरेको सङ्घका अध्यक्ष सुवास रोकायाले जानकारी दिए ।

जिल्लामा महिनौं दिन सेवाग्राही सुविधाबाट वञ्चित हुँदा पनि बेवास्ता गरेकाले कार्यालय तालाबन्दी गर्न बाध्य भएको रोकायाले बताए । टेलिकमले क्षमताभन्दा बढी सिम दिएपछि समस्या आएको सेवाग्राहीले गुनासो गरेका छन् ।

टेलिकम हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले आफ्नो सेवा सकभर गुणस्तरीय दिन प्रयासरत रहेको जिकिर गरे । रासस

loading views..

arrow प्रतिक्रिया दिनुहोस्