संसद् बैठक बोलाउन छलफल गर्दै सभामुख अग्नी सापकोटा

संसद् बैठक बोलाउन छलफल गर्दै सभामुख अग्नी सापकोटा

  • शुक्रबार, माघ २३ २०७७

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटाले संसद् बैठक बोलाउन विषयमा छलफल भइरहेको बताएका छन् । शुक्रबार संवैधानिक आयोगहरुमा भएको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सभामुख सापकोटाले आफ्नो विवेकको आधारमा निर्णयमा पुग्ने र राष्ट्रको हितमा काम गर्ने बताएका छन् ।

संसद् बैठक बोलाउनु हुन्छ भन्ने प्रश्नमा सापकोटाले भने, ‘म पूर्वसभामुख, पूर्वन्यायाधीश, पूर्व प्रधानन्यायाधीश, नेता, सांसद्सँग छलफल गर्दैछु । म मेरो विवेकको आधारमा निर्णयमा पुग्छु । राष्ट्रको हितमा काम गर्छु ।’

यसरी शृङखलाबद्ध रुपमा संविधानको उल्लङ्घन भएपछि यस संविाधानको रक्षार्थ आफू सर्वोच्च अदालत पुगेको उनले बताए ।

संविधानको मर्म र भावना विपरित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने, सोही अध्यादेश अनुसार अनधिकृत रुपमा बैठक बसी पदाधिकारी सिफारिस गर्ने, प्रतिनिधिसभा विघटन गर्ने र संसदीय सुनुवाई वेगर संवैधानिक आयोगहरुमा पदाधिकारीको नियुक्ति गर्ने लगायतका काम कारवाही संविधानमाथि एकपछि अर्को प्रहार भइरहेको उनले बताएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.