पर्वत।अबिरल वर्षाको कारण पर्वतका विभिन्न ठाउँमा क्षति भएका समाचारहरु प्राप्त भएका छन् । निरन्तरको अबिरल बर्षाका कारण कुश्मा २ सहस्रधारामा गएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
रातको समयमा आएको पहिरोका कारण सोही ठाउँमा सञ्चालन हुँदै आएको कालीगण्डकी रिभर रेष्टुरेन्ट समेत पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
उता कालीगण्डकी लोकमार्ग अन्तर्गतको मालढुंगा वेनी सडक पनि अबरुद्ध बनेको छ ।
बर्षातका कारण मोदी २ देउपुरमा ४ वटा घरहरु पुरिएको प्रहरी कार्यालयले जनाएको छ । यसैगरी कुश्मा १० पिपलटारीमा समेत एक घर पुरिएको जानकारी स्थानीयले जाजाकारी दिए। पहिरोका कारण मानवीय क्षतिको विवरण भने प्राप्त नभएको प्रहरीले बतायो।