Skip to content
Pokharapress Logo
९ कार्तिक २०८३, आईतवार

गोरखामा पोखरीमा डुवेर बालकको मृत्यु

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा।गोरखामा पोखरीमा डुवेर आइतवार एक बालकको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, कालमाटा घर भएका १७ बर्षीय विपिन नेपालीको माछापोखरीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

माछापालनको लागि प्रयोग गरिदै आएको पोखरीमा दिउँसोको समयमा पाँचजना साथीसंगै पौडी खेल्नेक्रममा नेपालीको डुवेर मत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ, उहाँले भन्नुभयो, ‘‘प्रहरी घटनास्थलमा पुगेर मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याइएको थियो ।’’

मृतकको शव पोष्टमार्टमपछि अन्त्येष्टीका लागि आज परिवारलाई बुझाइएकोे डिएसपी श्रेष्ठले बताउनुभयो । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link